Section 53A
भन्सार एजेन्टको कर्तव्य
मालवस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसँग सम्बन्धित अन्य कार्य गर्नको लागि यस ऐन बमोजिम नियुक्त भन्सार एजेन्टको कर्तव्य देहाय बमोजिम हुनेछः-

(क) भन्सार सम्बन्धी कानूनको पूर्ण परिपालना गर्ने,

(ख) भन्सार जाँचपास प्रक्रियालाई सरलीकरण गर्न भन्सार कार्यालयलाई आवश्यक सहयोग पुच्याउने,

(ग) महसुल असुल गर्ने कार्यमा भन्सार कार्यालयलाई आवश्यक सहयोग गर्ने,

(घ) भन्सार कार्यालयको काम कारबाहीमा बाधा अवरोध पुग्ने किसिमका कुनै पनि कार्य नगर्ने,

(ङ) निजलाई नियुक्त गर्ने निकासीकर्ता वा पैठारीकर्तालाई आफू समक्ष उपस्थित गराउन भन्सार अधिकृतले लिखित सूचना दिएमा त्यस्तो सूचना सम्बन्धित निकासीकर्ता वा पैठारीकर्तालाई बुझाउने ।